तपाईंको मन र मस्तिष्कलाई तपाईंको सफलताका लागि औजार।

in #partiko4 years ago

तपाईंले यस भिडियोमा क्लिक गर्नुभयो भन्ने तथ्यले तपाईं आफ्नो उज्वल भविष्यका लागि कति दृढ हुनुहुन्छ भन्ने देखाउँछ । तपाईंको दृढतालाई हाम्रो सलाम।

नमस्कार म हुँ नितिश खतिवडा र “CODE OF MILLIONAIRE MINDSET™” कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु । यो दोस्रो एपिसोडमा हामी सँगै जोडिनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद।

अघिल्लो एपिसोडमा हामीले सफलता र शान्ति प्राप्त गर्ने ४ वटा रहस्य र एउटा अभ्यास (जम्मा ५ वटा रहस्य) यहाँहरु माझ पस्केका थियौ । अघिल्लो video तपाईंले हेर्नु भएको छैन भने त्यसको लिङ्क माथि यहाँ बाँया पट्टीको आइकनमा अथवा तल वर्णनमा दिएको छ।

त्यो भिडियो हेरेर तपाईंलाई कस्तो महसुस भयो ? त्यसमा न बुझ्नु भएको कुरा के के छ र बुझ्नु भएको कुरा के छ, तल कमेन्टमा अवश्य लेख्नु होला।

आज तपाईंलाई कस्तो महसुस भईरहेको छ ? खुशी हुनुहुन्छ ? दुखी हुनुहुन्छ ? वाक्क लागेको छ? तल कमेन्टमा अवश्य लेख्नु होला ।

दुवै कमेन्टको लागि धेरै धन्यवाद ।

यो कुरामा विस्तृतमा जानु अगाडी मलाई एउटा अनुसन्धानको व्याख्या गर्न अनुमति दिनु होला ।

केहि वर्ष अगाडी दिमाग सम्बन्धि अध्ययन गर्ने वैज्ञानिकहरुले दिमागमा त्यस्तो न्युरन्सको पत्ता लगाए जुन नसालु पदार्थबाट सक्रिय हुने रहेछन् । अर्थात्, ती न्यूरन्स नशालु पदार्थ अथवा केमिकल्स पर्खेर बसेका न्यूरन्स रहेछन् । अनि धेरै अध्ययन पछि ती अनुसन्धानकर्ताहरुले के निश्कर्ष निकाले भने, यदि दिमागमा नशालु पदार्थको लागि ग्रन्थि न हुने भए, कुनै पनि नशाले हामीलाई छुदैन र नसालु पदार्थको सेवन न गरे पनि हामीले मातेर बस्ने क्षमता राख्ने रहेछौ । त्यहि भएर, ज्ञान र साधनाले पनि मान्छे मातेर लट्ठ भएको देखिन्छ, जस्तै भगवान गौतम बुद्ध । यदि त्यो न्यूरन्स मष्तिस्कमा न हुने भए मानिसलाई नशा लाग्ने थिएन । "रक्सीमा नशा हुने भए बोत्तललाई पनि नशा लाग्नु पर्ने" केहि हद सम्म यो भनाई सहि पनि हो ।

अब जाऔँ, आज तपाईंलाई कस्तो महसुस भई रहेको छ भन्ने प्रश्न तिर ।

तपाईले जस्तो सुकै महसुस गर्नु भए पनि, त्यसको श्रोत तपाई नै हो ।

हो, तपाई सहि सुन्दै हुनुहुन्छ।

तपाई अहिले अथवा जहिले पनि के महसुस गर्नु हुन्छ, त्यसको कारण तपाई नै हो ।

तपाईले कस्तो अनुभूति गर्ने भन्ने कुरा पनि तपाई कै भित्रै हुन्छ ।

जस्तै मान्नुस, तपाई बाटोमा हिडी राख्नु भएको छ र एउटा अर्को व्यक्ति देख्नु भयो जसलाई देख्ने बित्तिकै
तपाई ऊ सँग प्रेममा पर्नु भयो । कोहि व्यक्तिहरु कुकुर देख्ने बित्तिकै प्रेममा पर्नु हुन्छ। त्यसैलाई मान्नु भए पनि हुन्छ । अब तपाई प्रेममा पर्ने बित्तिकै तपाईंको भावनामा परिवर्तन आउछ, सबै संसार नै रमाइलो हुन थाल्छ, तपाई उमङ्गको उच्च बिन्दुमा पुग्नु हुन्छ । त्यो अर्को व्यक्तिलाई तपाई उ संग प्रेममा पर्नु भएको छ भन्ने थाहा न भए पनि तपाईंलाई यो भावना आउँछ नि हैन? सहमत हुनुहुन्छ?

यसको मतलब के भयो ? प्रेम उत्पन्न गराउने चिज त तपाई भित्रै रहेछ नि हैन? समस्या कहाँ भयो? त्यसलाई ट्रिगर गर्ने चिज चाहि बाहिर भयो ।

र जीवनमा तपाइले अनुभव गर्ने सबै भावना यस्तै हुन् । खुशी, शान्ति, सफलता, माया, प्रेम जस्ता सबै कुराको श्रोत तपाइको मनमा नै हुन्छ । समस्या त्यसको ट्रिगर बाहिर भएर हो । र त्यसको ट्रिगर आफ्नै मनमा सार्न सकिन्छ । जसले त्यसलाई आफ्नै मनमा सार्न सफल हुन्छ, उसले खुशी, शान्ति, सम्पति र चाहिएको सफलता प्राप्त गर्न सक्छ ।

कतिलाई लाग्छ धेरै पैसा कमाए पछि, अथवा कुनै काम सकिए पछि, नयाँ घरमा सरे पछि, नयाँ सामान किने पछि, या कुनै बिन्दुमा पुगेपछि म खुशी हुने छु । तर जब सम्म ट्रिगर बाहिर खोज्दै हिड्नु हुन्छ, त्यति बेला सम्म तपाइले खोजेको खुशी, शान्ति, सफलता पाउनु हुन्न।

तपाईको कुन भावना तपाइलाई मन पर्दैन र त्यसलाई त्याग्न चाहनु हुन्छ ? कृपया कमेन्टमा लेखिदिनु होला ।

उदाहरण लिऊ, तपाई सबलांग हुनुहुन्छ र बाटोमा हिडी रहेको बेला एउटा मान्छेले आएर भन्छ "तेरो त आँखा फुटे छ त" त्यतिबेला त्यो मान्छेलाई तपाइले झपारेर पठाईदिनु हुन्छ । हो? किन भने तपाइको मनमा तपाइको आँखा प्रति कुनै संका छैन ।

अब तपाइले कुनै काम गर्दै हुनहुन्छ र कसैले तपाइलाई आएर, "यो तेरो काम बनिदैन" भन्यो भने, यसको दुइटा प्रतिक्रिया हुन सक्छ। एउटा, तपाईंको मनमै त्यो काम बारेमा शंका छ भने, तपाइले "हो त्यो मान्छे ले भनेको सहि हो" भन्नु हुन्छ र तपाईंको काम बनिन्दैन । तपाईंको मनमा कुनै दुविधा छैन भने उसले भनेको कुराको तपाईंलाई कुनै मतलब नै हुदैन ।

आफ्नो मनमा आफुले गरेको काम प्रति संका न भएका व्यक्ति सफल पनि हुन्छन्, उदाहरणमा लिऔ, एलोन मस्क, ज्याक मा, सद्गुरु, Dubai का सेख, अनुराधा कोइराला, सन्दुक रुइत, कुलमान घिशिंग जसले समाजले गर्न सकिदैन भनेका, संसारमै सोच्ने न सकेका धेरै काम गर्नु भएको छ ।

भनिन्छ नि, "मनमा शत्रु छैन भने बाहिरको शत्रुले तपाईंलाई केहि गर्न सक्दैन"।

म सँग सहमत हुनुहुन्छ कि हुनुहुन्न? कृपया कमेन्ट मा YES अथवा NO लेखिदिनु होला ।

आजको एपिसोड़मा अन्तिम सम्म बस्नु भएकोमा बोनस स्वरुप एउटा सजिलो अभ्यास तपाई माझ पस्किन्छु ।

एउटा कागजमा आफ्नो सफलता कस्तो हुन्छ, गर्न खोजेको काम के हो, पैसा, शान्ति, अथवा कुनै परिवर्तन विस्तृतमा लेख्नु होला । र अर्को कागजको टुक्रामा "जस्तोसुकै अवस्था होस्, म मेरो सफलता प्राप्त गरेरै छोड्छु, मेरो दिमागको मालिक म हो" भनेर लेख्नुस् । एउटालाई कतै सुरक्षित, आफुले सधै भेट्ने ठाउँमा राख्नुहोस । कागज को टुक्रालाई चाहिँ आफुले सधै लगाउने गरेको कपडाको खल्तीमा राख्नु होला ।

खल्तीमा हात जाने बित्तिकै "जस्तोसुकै अवस्था होस्, म मेरो सफलता प्राप्त गरेरै छोड्छु, मेरो दिमागको मालिक म हो" भन्नु होला । तर यो भनि रहदा, अरुलाई हानी नोक्सानी हुने काम चाहिँ न गर्नु होला । अनि दिनको एक पटक तपाईंको सफलता विस्तृतमा पढ्नु होला र त्यसमै काम गर्दै जानु होला । तपाईंको सफलताको लागि चाहिने ट्रिगर तपाइको मनमा सर्ने छ । सफलता अवश्य तपाइको हुन्छ ।

१% व्यक्तिले मात्र यसो गर्छन् । र, यो संसार हाक्ने तिनै १% व्यक्ति हुन् । तपाईंमा त्यो आँट छ?

आजको लागि यति नै, भिडिओ मन पर्यो भने लाइक गरिदिनु होला, मन न परे कमेन्ट गरिदिनु होला, र अरुलाई पनि यो कुरा काम लाग्छ भने सेयर गरिदिनु होला ।

Coin Marketplace

STEEM 0.16
TRX 0.15
JST 0.028
BTC 59431.63
ETH 2320.14
USDT 1.00
SBD 2.50