आमा-आमा भन्दा भन्दै नातिनीलाई हातैबाट बाढीले बगायो

in #nepal7 years ago

फिदिम । छोरी गंगामाया र नातिनी प्रिया राई सिद्धेश्वरी मावि जिमाहामा कक्षा सातमा सँगै पढ्थे। गत बिहीबार विद्यालय छुट्टी भएपछि सानीआमा गंगामायासँगै प्रिया पनि हाजुरबा विष्णुभक्त र हजुरआमा राधिका राईलाई भेट्न हजुरबा र हजजुरआमा बस्दै आएको ताङ्लेपाको निवाखोलालघु जलविद्युत आयोजनाको पावरहाउस आएकी थिइन्।‘छोरी र नातिनी आएपछि बिहीबार बेलुका सबै खुसी भयौँ,’ गहभारी आँसु पार्दै राधिकाले शुक्रबार बिहानको कहालीलाग्दो कथा सुनाइन्, ‘मुटुको टुक्राजस्तै छोरी र नातिनीसँग रमाएको २४ घण्टा बित्न नपाउँदै दैवले खुसी लुट्यो।’ छोरी र नातिनी आएको रात मुसलधारे पानी परेको थियो। बर्षाका कारण निवाखोला उर्लदै ढुंगामाथि माथि बुर्कुसी मार्दै थियो। खोला उर्लेको आवाजले रातभरी राधिका निदाउन सकिनन्। राधिकाले श्रीमान् विष्णुभक्तलाई पनि घरीघरी उठाउथिइन्। छोरी गंगामाया र नातिनी प्रिया एउटै ओछ्यानमा मस्तसँग निदाएका थिए।‘शुक्रबार बिहान पाँच बजे नै उठेर चिया बनाएँ, श्रीमान भने छ बजे उठ्नुभयो,’ राधिकाले कहालिलाग्दो कथा सुनाइन्,‘चिया पिएर सुरक्षित ठाँउतिर जाने योजना बनाउँदै थियौँ। तर, सर्न नपाउँदै श्रीमान नातिनी र छोरीलाई निवा खोलामा आएको बाढी र पहिरोले बगायो।’छोरी र नातिनी निन्द्राबाट ब्यूझिएपछि त्यहाँबाट निस्कलेयोजना हुँदै थियो। खोलामा बढी झनै उर्लदै थियो। मुसलधारेबर्षा रोकिएको थिएन। यतिकैमा निवाखोलाले पावरहाउस नै बगाउन लाग्यो। राधिका नातिनी प्रियाको हात समाएर भाग्दै थिइन्। उनका श्रीमान विष्णुभत्तले छोरी गंगामायाको हात समाएर भाग्न खोज्दै थिए। ‘मेरो केही सिप लागेन हात समाएकी नातीनिलाई बाढीले भंगालोमा हाल्यो। मलाई छालले ट्वाइलेट छेउको झोसमा हुत्यायो,’ घिक्कघिक्क रुँदै राधिकाले भनिन्, ‘नातिनी आमा–आमा भन्दै बाढीमा बेपत्ताभइन्, छोरी समातेर पावरहाउ भित्रै चिच्याइरहेका श्रीमान्र छोरीलाई पनि आँखा अघि बाढीले बेपत्ता बनायो।’ आजकोअन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।20170820103908.jpg

Sort:  

Congratulations @sdhiva! You have received a personal award!

1 Year on Steemit
Click on the badge to view your Board of Honor.

Do not miss the last post from @steemitboard:
SteemitBoard and the Veterans on Steemit - The First Community Badge.

Do you like SteemitBoard's project? Then Vote for its witness and get one more award!

Congratulations @sdhiva! You received a personal award!

Happy Birthday! - You are on the Steem blockchain for 2 years!

You can view your badges on your Steem Board and compare to others on the Steem Ranking

Vote for @Steemitboard as a witness to get one more award and increased upvotes!

Coin Marketplace

STEEM 0.24
TRX 0.26
JST 0.041
BTC 98449.34
ETH 3495.58
USDT 1.00
SBD 3.36