यस्तो गरिस भने पितृले तलाई सरापछन्
"तलाई पितृलए सरप्छन" मेरो आमाले भन्नु भयो । आमाको अवाजमा डर र चिन्ता दुवै झल्किएको पाए । सायद पितृहरुलाई सम्झेर डराउनु भयो । अनि मैले कुरा न बुझेको देखेर चिन्तित हुनु भयो । तर मलाई चुप लगाउने यो वहा को अन्तिम प्रयास थिओ ।
अन्तर जातीय बिबाहको पक्ष्यमा म मेरा तर्कहरु प्रस्तुत गर्दै थिएँ । वहाँको विचार अर्कै थियो ।
वहाँको "अब तेरो'नि बिहे गर्नु पर्छ" भन्ने सुझाबको प्रतिकियामा मैले "हुन्छ । तर म त अन्तर-जातीय बिहे गर्छु" भनेर जवाफ दिएको थिएँ ।
मेरो जबाफ सुने पछि आमाको अनुहार भूत देखेर तर्सिएको एउटा अबोद बालिकाको जस्तो भएको थिओ - सुकेको ओठ, ठुला ठुला आँखा र निलो अनुहार । ठुलै झट्का लग्यो सायद । मेरो आमा समाज सेवी हुनुन्हुन्छ र समाजको जान्ने मान्ने मा गनिनु हुन्छ । म एक मन ले सोच्दै थिए "यस्तो समाज सेवी - समाजको जान्ने मान्नेमा चिनिने मान्छेको त यस्तो हुन्छ हालत अन्तर-जातीय बिबाह सुने पछि !"
तर झट्का धेरै बेर टिक्न सकेन । मात्र १ मिनेट । अर्को मनले भन्न थाल्यो मैले मेरो आमालाई "under estimate" गरेको रहेछु ।
आमाको कापेको अवाज आयो, "कस्तो जिस्किन्छा यो केटा !" ।
मैले दृढ भएर "मैले जिस्केको हैन आमा" भने ।
वहाले मलाई भावनात्मक दबाब दिएर सम्झाउन खोज्दै हुनुन्थिओ । म वहालाई तर्कको मध्यम बाट सम्झाउदै थिए ।
मैले समाज धेरै देखेको छुइन । सामाजिक भावनात्मक कुराहरु प्रस्टै बुझ्दिन । वहाले समाज धेरै भोग्नु भएको छ । तर्कले समाज चल्दैन भन्ने थाहा छ । सायद जेनेरेशन ग्याप भनेको पनि यस्तै हो । युवा पिडिले केहि न भोगेकाले जसो गरे नि हुन्छ जस्तो लाग्ने । अनि अघिल्ला पिडिले धेरै भोगेकोले जसो गरे पनि हुन्न जस्तो लाग्ने ।
वहाले मलाई धेरै समझाउन खोज्दै हुनुन्थिओ । तर म मान्न तैयार भै राखेको थिइन ।
आमाले चिन्तित र दुखि अवाजमा भन्नु भयो, "हामीले सबैका अगाडी कसरि मुख देखाउनु ? बाहुनहरुले पछि बुहारीले छोको न खलन । अनेक समस्या आउलान । सामाजिक बहिस्कार होला । त्यस्तो जिन्दगि हामी कसरि बच्नु?"
हिन्दु समाजको मानब उत्पतिको जड पहिल्यौदै लादा हामी ऋषि अत्रिको सन्तान - अत्रि गोत्रका र बिशेस गरि उपाध्याय ब्रह्मिनमा पर्छौ । समाजमा भन्ने गर्छन यो ब्रह्मिन मध्ये सब भन्दा उच्चो स्थान हो । मलाई जन्मेर उच्चो निचो हुन्छ भन्ने कुरा मा बिश्वास लाग्दैन । सहि कर्म चाहिन्छ । जन्मेको आधारमा राजा बन्ने भए नेपालमा गणतन्त्र को लागि त्यत्रो आन्दोलन हुने थिएन होला। यस्ता उदाहरण अरु धेरै छन् ।
मैले नरम तर रुखो अवाजमा भने, "बाहुन जात कै संग बिहे गरे भने चै केहि समस्या आउदैनन ? तपाई सधै खुशी-सुखी नै बस्नु हुन्छ ? अन्तरिक कलह हुन्न भनेर ठोक्वा गर्न सक्नु हुन्छ ? घर भित्र मान्न मिलो भने त समाज संग लड्न सकी हालिन्छ नि ।"
निरस अवाजमा आमाले भन्नु भयो "ठोक्वा गर्न सकिन्न । जे नि हुन सक्छ । तर अन्तर जातीय चै हुन्न ।"
मैले आमालाई फकाउने केहि उपाय देखिरहेको थिइन ।
मैले भने "अरे आमा, हाम्रो भगवान ले त आफ्नो रुप रंग परिबर्तन गरेको गरै गर्नु हुन्छ । भगवान बिष्णुलाई हेर्न न, कहिले गोपाल, कहिले नरसिंह, माछा, बुद्ध (मङ्गोलियन अवतार), कहिले महिला । झन् भगवान सिभको त के कुरा गर्नु, यौटै समयमा अधि महिला अधि पुरुष हुन सक्नु हुन्छ ।"
"भगवानको विभिन्न अवतार किन देखाको आमा ? त्यहि हामीलाई भ्रम न होस्। संसार का सबै जीव समान हुन्। कसैमा भेद भब गर्नु हुन्न भनेर सिकाउन हैन? जुन रुप, रंग, वर्ग, सम्प्रदाय, भए'नी हामी समान त हौ नि । यति नि न बुझ्नेहरु ले के भन्लान भनेर चिन्ता गरेर बसेर हुन्छ ?"
आमा धेरै बेर चुप लग्नु भयो । हुन सक्छ वहा मन मनै भन्दै हुनुन्थियो "तैले किन न बुझेको बाबु, तर्कले मात्र जीवन चल्दैन" । अथवा हुन सक्छ वहालाई पनि कुनै समय या विभिन्न समयमा यो सबै भ्रम हो भन्ने लागेको थियो । कुनै समयमा वहाले नि सोच्नु भएको थियो होला यो संसार सब जाल-झेल हो, सबै मिथ्य हो ।
धेरै बेर पछिको सुन्यतापाछि आमाले भन्नु भयो, "यस्तो गरिस भने पितृले तलाई सरापछन्....।"
त्यो समयमा म संग यो बयान को जवाफ थिएन । म चुप लागे । हारेर होइन । जवाफ खोजे पछि फेरे कुरा गर्छु भन्ने अठोट लिएर । नजानेको कुरा प्रति मेरो बिशेस खस-खस हुन्छ । नजानेको कुराको जवाफ त मलाई खोजनै पर्छ । झन् जब हिन्दु धर्म को कुरा अउछ, तब झनै जान्नु पर्छ । सायद manufacturing defect होला ।
तर जवाफ कहाँ खोज्ने?
मैले धेरै गुरुहरु संग सम्पर्क गरें। काम लागेन । कसैलाई मलाई जति पनि थाहा थिएन । कोहि जानेकाहरुमा पनि "म ठुलो" भन्ने घमण्डको भारी उनीहरुको ज्ञानको पोको भन्दा गरुन्घो थियो । कोहि सबै थाहा भएर पनि मौन बसे । प्राय, सदियौ देखि जे गर्दै आएका थिए त्यहि गरि रहेका थिए । कुनै कुरालाई कुनै प्रश्न न गरि जस्तो छ त्यस्तै स्वीकार गरि रहेका ।
कसैले भने "योग" ले सारा ब्रम्हाण्डसंग तिम्रो मिलाप गराउछ। त्यसको अभ्यास गरि हेर। यसको अभ्यासले तिम्रो आफ्नो पितृहरु संग तिम्रो मिलप हुन्छा । अनि वहाहरुलाई तिम्रो प्रस्न सोध्नु । खोजेको जवाफ पक्कै आफै भेटछौ । वह क्या तर्क छ । योगको अभ्यास मैले गत २ वर्ष देखि गर्दै आएको थिएँ । योगले पूर्ण भएको आभास र आनन्द त दिन्छ । तर पितृहरु संग को मिलाप एउटा कल्पना मात्र हो ।
कोहिले ध्यान गर्न सुझाब दिनु भयो । मैले १५ वर्षको उमेर देख ध्यान पनि गर्दै आएको थिए । हुन्न । उम्हुम्म । मैले खोजेको उत्तर त्यहाँ पनि पाईदैन ।
मैले इन्टरनेटमा खोजें । हजारौको प्रबचन र दिब्य बाणी सुने । धेरै सुने पछि एउटा कुरा पत्ता लाएँ - नेपालमा राजतन्त्र बिरुद्ध २०६२-६३ मा आन्दोलन गर्दा सुरुमा अमेरिकाले "हामी राजाको साथ छौ" भनेर बिज्ञप्ति निकालेको थियो। जब आन्दोलन बिसाउने छाँट-काँट नै देखिएन, तब फेरे अमेरिकाले "हामो नेपाली जनताको साथ छौ" भनेर बिज्ञप्ति निकालेको थियो। हो, प्रबचन पनि त्यस्तै हुने रहेछन । प्रबचन दिनेले कुन सन्दर्भमा के भन्दा उनीहरुलाई फाइदा हुन्छ, त्यहि अनुसार भन्ने । ज्ञान बाध्ने कसैलाई मतलब नै छैन।
यो क्रममा मैले जात मिलाएर किन बिबाह गर्नु पर्छ भन्ने कुरा पत्ता लाए। तर अन्तर जातीय बिबाह गर्दा "पितृ ले सराप्ने" भन्ने कुराको अभिलेख कहिँ पाईन ।
मैले कहिँ कतै भागवत गीतामा संसारको सबै समस्याको समाधान हुन्छ भन्ने सुनेको थिए। त्यसैले ५चौ पटक फेरी भागवत गीता पढ्ने निर्णय गरे । मैले पहिला साधारण हिसाबले भागवत गीता पढेको थिए। र त्यसले मेरो जीवन-सैलीमा केहि आमुल परिबर्तन पनि ल्याएको थियो । यो चोटी मलाई मेरा प्रस्नहरुको जवाफ चाहिएको थियो ।
तर अचम्मको कुरा, त्यहाँ पनि अन्तर-जातीय बिबाह गर्दा पितृहरुले सराप्ने कुरा लेखिएको छैन । मात्र के लेखिएको छ भने, कुल बिग्रिएकोहरु संग बिबाह गर्नु हुदैन । तर कुल कसरि बिग्रिन्छा त्यसको बयान गरेको छैन । हामी अत्रि गोत्रको सह गोत्रीमा १३ वटा थरहरु पर्ने गर्छन। त्यसमा बाहुन, क्ष्यत्रि, मगर सबै पर्ने गर्छन । यो हिसाबले हेर्ने हो भने अन्तर जातीय बिबहाले कुल बिग्रिदैन ।
तर भागवत गीतामा त पितृहरुको अस्तित्व मै प्रस्न चिन्न लाएको छ । त्यस माथि पनि, पितृहरुको अस्तित्व हुने नै हो भने, उनीहरुले सधै आफ्नो सन्तानलाई आसिर्बाद नै दिने छन्। उनीहरु त पबित्र आत्मा हुन् । यो संसारिक माया-मोह, जाल झेल बाट टाढा हुन्छन। सबै कुर छर्लंग देख्न सक्ने ।
सायद त्यहाँ माथि बसेर हामीलाई देखेर हस्छां पनि होलान - "येति छोटो जिन्दगीमा ब्यर्थ को कुराहरु को पहाड बनाएर बस्य छन् - तिमिहरुको अस्तित्वयो बिशाल ब्रम्हाण्डमा धुलोको कंड जति पनि छैन" भनेर । तर हामी यो अहिले कहाँ बुझ्छौं र।
भागवत गीता र धेरै जीवन मृत्युका किताब पढी सके पछि मैले केहि रमाइलो कुरा पत्ता लाए: सावधान ! अब पढ्ने कुरा पचाउन गार्हो पर्न सक्छ
*"आत्मा यस धर्तिमा केहि उदेस्य लिएर आउने गर्छन । त्यहि उदेस्य अनुसार कुन जीवन सैली उनीहरुलाई उअपयुक्त हुन्छ त्यस्तै घरमा उनीहरुले जन्म लिन्छन । प्रत्येक जीवनमा ति आत्माहरुले केहि कुरा सिक्नु पर्ने हुन्छ । त्यो सिकाईले उनीहरुमा एक तहको परिपक्कता आउछ । त्यस्ता धेरै परिपक्कता जोडिदै गएपछि अन्त्यमा उनीहरु भगवानको आत्मामा बिलाउनलाई योग्य हुन्छन् । उनीहरु एक हुन्छन् । *
उनीहरुले धारण गर्ने कुनै पनि सरिर - चाहे त्यो किराको होस्, जनावर को होस्, चराको होस् अथवा मानिसको नै होस् - ती सबै उनीहरुको लागि हामीले लाउने एउटा कपडा जस्तो मात्र हो । जसरि हामीले विभिन्न प्रयोजनमा विभिन्न कपडा लगाउछौँ, त्यसै गरि आत्माले आफ्नो आबस्यकता र परिस्थिति अनुसार कपडा परिबर्तन गर्छन । र त्यो कपडा हाम्रो सरिर हो।"
यसको अर्थ के हुन्छ भने, यदि कुनै आत्माले मेरो हजुरबुवा भएर जन्म लिएको छ भने, अर्को जन्ममा त्यो चरा, या कुकुर, या नलीको किरा, जे भएर नि जन्म लिन सक्छ । जीवनको प्रकार को रोजाई, त्यो आत्माले अब के सिक्नु पर्ने हो, त्यसमा निर्भर गर्छ ।
त्यहि भएर हिन्दु धर्ममा सबैको समान इज्ज़त गर्नु पर्छ भनेर सिकाएको रहेछ ।
अनि सब भन्दा रमाइलो पक्क्ष्य त - कुनै पनि आत्मा संग यौटै प्रजातिको मानिस संग जोडिएर, उनेरुको अस्तित्व आफ्नो अस्तित्व भन्ने फुर्सद नै छैन । त्यत्रो समय बिल्कुलै छैन । उनीहरु भगवान संग मिल्न जहिले हतारी रहेका हुन्छन । उनिहरुलाई अरु कुनै कुराको मतलब छैन ।
जात प्रणालीको बारेमा मैले अरु रोचाक्क कुर पनि पत्ता लगाए
"ब्रह्मिन, क्षत्रिय, वैश्य, र शुद्र - जुन हाम्रो समाजमा जातीय उचो-निचोको बर्गिकरणको लागि प्रयोग गरिन्छ, त्यो बास्तबमा उचो-निचोको बर्गिकरण हैन । ब्रह्मिन, क्षत्रिय, वैश्य, र शुद्र भनेको मानिसको कर्मको बयान हो । यसले कुनै व्यक्तिको आत्माको झुकाब कस्तो खलको काममा छ भन्ने जनाउछ ।
यदि कसैले ज्ञान आर्जन गर्ने र अरुलाई सिकाउने काममा बढी झुकाब देखाउछ र त्यहि अनुसार आफ्नो कर्म गर्छ भने त्यो ब्रह्मिन प्रकृतिको मानिस हो ।
यदि कसैले निमुखा र असक्तहरुको हितको लागि काम गर्छ, उसको झुकाब त्यसैमा छ भने त्यो क्षत्रिय प्रकृतिको मानिस हो ।
यदि कोइ व्यापार र धन आर्जनमा जोड तोडका साथ लागेको छ भने त्यो वैश्य प्रकृतिको मानिस हो ।
र
यदि कोइ अरुलाई सुबिदा दिन र पारिश्रममा धेरै झुकाब देखाउछ भने त्यो शुद्र प्रकृतिको मानिस हो । "
यसलाई सर सरति हेर्दा हामी प्रस्टै भन्न सक्छौ - यौटै मान्छेले ये मध्ये सबै काम गरि रहेको हुन्छ । अर्थात्, सबै जना ब्रह्मिन, क्षत्रिय, वैश्य, र शुद्र हो ।
मेरो अध्यन पछि मैले पत्ता लाएको कुरा यहि हो - पितृ ले सराप्ने भन्ने हुदैन । बस्ताब मा भन्ने नै हो भने, पितृ नै हुदैनन् । यो पितृले सराप्ने भन्ने कुरा मानिसहरुलाई कुनै सिमा भित्र बाँधेर राख्नलाई डर उत्पन्न गरेको मात्र हो । र कहिले कहिँ त्यो आबस्यक पनि पर्छ ।
हो म मान्छु, समाजको बिश्वासलाई परिबर्तन गर्न गार्हो छ । समय लग्छ । यो सामुहिक बिश्वास हो । र कसैले सामुहिक विश्वासमा अगत पुर्याउन खोज्छ भने सामाजिक बहिस्कार को सिकार पनि हुनु पर्छ ।
तर तथ्य हिन कुराको पछि लगेर त्यसै कुरा मान्न चै म सक्दिन । अरु ले पनि मान्नु हुदैन ।
अन्तर्जातीय बिबाहमा थुप्रै बेबधान आउछन् । सब भन्दा ठुलो, सुरु देखि एक-अर्काको परम्परालाई बुझ्नु हो । नया कुर सिक्नु हो । र ति नया कुरा ले आफ्ना पुरान बिश्वासको बिपरित आफ्नो आँखा खोल्न बाध्य बनाउछ भने त्यसलाई स्वीकार गर्नु । र आफु परिबर्तित हुनु हो । तर आफुले सदियौं देखि देखेको, बाँचेको परम्परा गलत छ भनेर जान्नु धेरै मान्छेको लागि मृत्यु सरह हुन्छ ।
अर्को रमाइलो पक्क्ष्य के हो भने, परम्परा सब भन्दा चतुर ढंगले चलाइएको व्यबस्थ हो । यसका रचयेतालाई थाहा थिओ, कुनै नियमलाई इज्ज़त संग जोडीयो भने मात्र त्यसलाई युगौ युग सम जस्ताको त्यसतै लागु गर्न सकिन्छ । कसैले त्यो कुरामा कहिले प्रस्न गर्ने हिम्मत गर्दैनन् ।
तर एउटा कुरा चै प्रस्टै छ - अन्तर जातीय बिबाह गर्दा पितृले चै सरप्दैनन ।